काठमाडौँ, १० माघः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताउनुभएको छ । नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताउनुभएको हो ।
“नेपाली पश्मिनाको यति राम्रो बजार छ, सीप...
ढोरपाटन (बागलुङ) उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ । आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै हाशा जगाउने काम गरिररहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गमा सरकार योजना बनाएर अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो...
काठमाडौँ, ९ माघ : गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरीले बलले पुर्याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याएको बताउनुभएको छ । २४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव सिर्जित विपद् उद्धारका क्षेत्रमा...
काठमाडौं । आइसीसी यू-१९ महिला टी२० विश्वकप अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध पहिले बलिङ गर्दैछ ।
बांगीस्थित युएसडी-युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।
यसअघिका दुवै खेलमा पराजित नेपालका लागि सुपर सिक्समा पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । त्यसका लागि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ ।
नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको...
०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिवादमा उत्रिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपालले सडक जानु अगाडि नै नेपाली कांग्रेसतिर सहकार्यको हात अघि बढाएका थिए । ५ पुसमै कांग्रेस नेताहरूलाई भेटेर छलफल गरेका दुई नेता ६ गते कांग्रेस पार्टी कार्यालय, सानेपामा बसेको सर्बदलीय बैठकमा ओलीलाई साथ दिने नेकपाको एउटा खेमाबाहेक सबै दलबीच मोर्चाबन्दी गरेर...
चामल धोएको पानी हामी त्यसै नै खेर फाल्ने गर्दछौं तर चौलानी पानीमा हाम्रो शरिरको लागी लाभदायक गुणहरु हुँने गर्दछ । उक्त पानीमा भिटामिन, प्रोटिन आदि अतिआवश्यक गुणहरु हुँन्छन् ।
चौलानी पानी अनुहारलाई सधै चम्कीलो तथा जवान देखिनको निम्ती हामी प्रयोग गर्न सक्छौ । बजारी रसायन मिश्रित महंगा सौदर्यताको सामाग्री प्रयोग गर्नु भन्दा घरमै चामल धोएको पानी प्रयोगमा ल्याउन लाभदायक हुँदछ...
५ मंसिर, काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्ने छ ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ । अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ । ‘यकिन...
३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।
‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज...
२८ कात्तिक, काठमाडौं। प्रहरीले काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ रहेका छन् ।
नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी शनिबार साँझ उनलाई पक्राउ गरेको हो ।
पक्राउ...
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।
गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका छन् ।
आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले...










