भीम रावललाई भोट नदिनु भन्दै पर्चा बाँडेको मलाइ थाहा छैनः योगेश भट्टराई

0
656

एमाले नेता योगेश भट्टराईले महाधिवेशनको मतदान भइरहँदा भीम रावल पक्षलाई भोट नदिनु भन्दै पर्चा बोडेर निर्वाचन आचार संहिता उल्लंघन भएको विषय आफ्नो जानकारीमा नरहेको बताएका छन् ।

मतदान सकिएपछि सञ्चारकर्मीहरूसँग बोल्दै भट्टराईले आचार संहिता उल्लंघन भएको विषय आफ्नो जानकारीमा नरहेको बताएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि आज बिहान ४ बजेपछि मतदान भइरहँदा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहका कार्यकर्ताले भीम रावल लगायत उनीपक्षीय नेताहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेका थिए ।

मतदानका लागि लाइन बसेका प्रतिनिधिलाई ओलीका कार्यकर्ताले आफूसहितका नेतालाई भोट नहाल्न भन्दै पर्चा बाँडेपछि अध्यक्षका प्रत्यासी भीम रावलले आपत्ति जनाएका थिए ।

एमालेको निर्वाचन समितिले पनि यसरी पर्चा बाँड्नु आचार संहिताविपरीत हुने बताएको थियो ।

ओलीपक्षीय नेता शंकर पोखरेलले बन्दसत्रको निर्णयभन्दा बाहिर गएर उम्मेदवार बनेकाहरूविरुद्ध कार्यकर्ताले प्रचार गर्नु स्वभाविक रहेको बताएका थिए । तर नेता भट्टराईले भने आचार संहिता उल्लंघन भएको विषय आफूलाई थाहा नभएको बताएका हुन् ।