हाम्रो बारेमा

“नेपालमा बाँस” – दिगो कृषि र हरियो अर्थतन्त्रको साझा यात्रा।

‘नेपालमा बाँस’ बाँसको खेती, उद्योग, उद्यम तथा नीतिगत सम्भावनाका माध्यमबाट आत्मनिर्भरता, रोजगारी सिर्जना र वातावरणीय सन्तुलनका विषयमा तथ्य, अनुसन्धान र व्यवहारिक ज्ञान प्रस्तुत गर्ने डिजिटल प्लेटफर्म हो।

नेपाल एग्रो ब्याम्बो फार्मिङ एण्ड रिसर्च सेन्टर, चितवनद्वारा सञ्चालित यस प्लेटफर्मले नेपालमा बाँसका सम्भावना, यसको बहुआयामिक उपयोग, व्यावसायिक खेती, अनुसन्धान, प्रविधि, उद्योग तथा दिगो विकाससँग सम्बन्धित सामग्रीलाई एकै ठाउँमा प्रस्तुत गर्दै ज्ञान, अनुभव र अवसरलाई जोड्ने प्रयास गर्दछ।