दिगो विकासका लागि केरा र बाँसको खेती

दिगो विकासका लागि केरा र बाँसको खेती

कान्तिपुर भ्याली कलेजमा "दिगो विकासका लागि केरा र बाँस खेती" विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक आयोजना गरियो। उक्त कार्यक्रममा नीति निर्माता, शिक्षाविद्, वैज्ञानिक, उद्यमी तथा किसानहरू एकै ठाउँमा भेला भई ज्ञानको आदान-प्रदान गर्नुका साथै राष्ट्रिय विकासका लागि यस क्षेत्रमा रहेका सम्भावनाहरूबारे छलफल गरे।