दिगो विकासका लागि केरा र बाँसको खेती

कान्तिपुर भ्याली कलेजले “दिगो विकासका लागि केरा र बाँस खेती” विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक आयोजना गर्‍यो। कार्यक्रममा नीति निर्माता, प्राज्ञ, वैज्ञानिक, उद्यमी तथा किसानहरूबीच केरा र बाँस क्षेत्रका सम्भावना तथा अवसरबारे छलफल गरिएको थियो।

पूर्व विज्ञान तथा प्रविधि मन्त्री श्री गणेश शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा NAST का उपकुलपति प्रा. डा. जनार्दन लामिछाने प्रमुख अतिथि र पूर्व स्वास्थ्य मन्त्री डा. बंशीधर मिश्र विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष डा. पुष्पमान अमात्य, डा. गिरिराज त्रिपाठी, श्री हरिकृष्ण सैंजु लगायत विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्लान्ट टिस्यु कल्चर, केराको रेसाबाट उत्पादित सामग्री, हस्तकला, नवप्रवर्तन तथा दिगो कृषि अभ्यास लगायतका विषयमा छलफल गर्दै नेपालमा केरा र बाँस क्षेत्रको सम्भावनालाई उजागर गरिएको थियो।

कान्तिपुर भ्याली कलेजले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण अतिथि, विज्ञ, उद्यमी, किसान तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।