गत वर्ष विश्व बाँस दिवसका अवसरमा मैले यही लोकभाकाको भावबाट बाँस र नेपाली जनजीवनबिचको सम्बन्ध खोज्ने प्रयास गरेको थिएँ । जन्मदेखि मृत्युसम्मका संस्कार, घरगोठदेखि खेतीपातीसम्म नेपाली समाजसँग जोडिएको बाँसलाई केवल एउटा वनस्पति होइन, हाम्रो जीवन, संस्कृति, परम्परा, जीविकोपार्जन र सम्भावनाको साथीका रूपमा चित्रण गर्दै त्यसक्रममा एउटा निष्कर्ष निकालेको थिएँ, “जहाँ बाँस, त्यहाँ जीवन; जहाँ जीवन, त्यहाँ बाँस ।
Gorkha Patra
हरित अर्थतन्त्रमा बाँस